• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं,५ मंसिर । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने सर्वोच्चमा हाल १४ जनामात्र न्यायाधीश रहेका छन् ।

सिफारिसमा परेकामध्ये बालकृष्ण ढकाल र सुनिल पोखरेल कानुन व्यवसायी हुन । भने सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतका न्यायाधीश हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖