• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमाले स्वयंसेवक दस्तालाई यसरी सम्झिए अध्यक्ष ओलीले


  • धनकुटा खबर
  • .

जाजरकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा खटिएको पार्टीको स्वयंसेवक टोलीलाई धन्यवाद प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुनर्निर्माणमा खटिएको टोलीलाई अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् । पुनर्निर्माण भइरहेका केही तस्बिर र बालबालिकाहरू किताब खोज्दै गरेका तस्बिर राख्दै ओलीले भूकम्प प्रभावित क्षेत्रको अवस्था बारे पनि जानकारी गराएका छन् ।

‘भूकम्पले जाजरकोट र रुकुम पश्चिममा घरहरू मात्र भत्केनन्, ससाना स्कूले नानीबाबुका पढ्ने किताबहरू, किताब बोक्ने झोला समेत पुरिए । उनीहरूको न्यानो ओछ्यान पनि पुरियो । भत्किएका घरभित्र पुरिएका किताब, कापी, कलम र घर भित्रका अरू सामान निकाल्न पार्टी, जिफन्ट, युवा र अखिलका स्वयंसेवकले गरेको मेहनत राम्रो छ’ अध्यक्ष ओलीले लेखेका छन् ‘विपत् परेका ठाउँमा हामीले दुईचार दिन गएर फोटो खिचाउने र आफू मानवीय भएको प्रचार गर्ने होइन, परिणाम निस्किने गरी काम गर्नु पर्छ। त्यहाँ सयौँको संख्यामा खटिएका स्वयंसेवकहरूलाई धन्यवाद ।’

अनेरास्ववियुका सुदूर पश्चिम संयोजन मनोजराज राईको फेसबुक बाट तस्बिर लिएर ओलीले खटिएका सबै स्वयंसेवकलाई धन्यवाद दिएको जनाएका छन् ।

विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा अहिले जाजरकोट र रुकुममा ११०० सय स्वयंसेवक खटिएका छन् ।

२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।

अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । यो टोली १५ दिन सम्म भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा रहने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖