• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रसाइँको आन्दोलनमा मानिसहरु आउन नदिन उपत्यका छिर्ने नाकाहरुमा कडाई


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले भोलि (बुधबार)बाट राजधानी काठमौंमा लाखौं मानिस उतारेर अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि सरकारले मानिसहरुलाई आउन नदिन उपत्यका छिर्ने नाकाहरुमा कडाई गरेको छ ।

यही बेलामा दुर्गा प्रसाइँको आन्दोलनलाई अवरोध गर्न नेकपा एमालेको युवा संगठनले पनि प्रदर्शन गर्ने तयारी गरेको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरीलाई नै सडकमा उतारेर चेकजाँच सुरु गरेको छ भने नाकाहरुमा मानिसहरु छिर्न कडाई गरेको छ ।

प्रहरीले भने काठमाडौं भित्रिने मानिसहरुको प्रकृति, संख्या र हातहतियारको विषयलाई ध्यानमा राखेर चेकजाँच गरेको बताएको छ । उपत्यका भित्रिने एकै सवारीलाई ७–८ ठाउँसम्म चेकजाँच गरिएको दुर्गा प्रसाइँको आन्दोलनमा आएकाहरुले बताएका छन् ।

आज बिहानैदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त चेकजाँच गरिरहेका छन् । भोली हुने विरोध प्रदर्शन हिंसात्मक नहोस भनेर सतर्कता अपनाएको प्रहरीको भनाई छ ।

युवा संघले तीनकुनेमा सभा गर्ने बताएको छ । यता दुर्गा प्रसाइँको नेतृत्वमा हुने विरोध प्रदर्शन भने गंगबुबाट सुरु हुने जनाइएको छ । राजसंस्था र हिन्दु राज्य पुनःस्थापना हुनुपर्ने, प्रदेशहरु राखेज हुनुपर्ने, गरिव जनताको २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने, अन्य ऋणीहरुको ब्याज ५–६ प्रतिशतमा झारेर २० बर्षसम्म तिर्न सकिने बनाउनुपर्ने, भ्रष्टाचारीहरुलाई कारवाही गरिनुपर्ने जस्ता एजेण्डा अघि सारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖