• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंको भोलि हुने आन्दोलनमा समर्थन छैन : राप्रपा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुर्गा प्रसाईंको भोलि मंसिर ७ गते हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ नामक आन्दोलनमा कुनै समर्थन नरहेको स्पष्ट पारेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘हामी यो आन्दोलनको पक्षमा छैनौं । दुर्गा प्रसाईंको आन्दोलनमा हाम्रो समर्थन रहँदैन् ।’

प्रसाईंका समर्थकहरुले भोलिको आन्दोलनमा राप्रपाको पनि साथ, सहयोग र समर्थन रहने दाबी गर्दै आएका छन् । तर, राप्रपाले भने प्रसाईंको आन्दोलनमा समर्थन नरहने स्पष्ट पारेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यही मंसिर ९ गते हुने कार्यक्रमको लागि भोलि नै झापा जाने कार्यक्रम तय भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि भोलि नै झापा पुग्ने बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖