• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

महिलामाथि दुर्व्यवहार गरिएको घटना : संलग्नको पुष्टि हुँदा पनि बचाउमा एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं । दुर्गा प्रसाइँको काठमाडौं केन्द्रीत अभियानमा सहभागि हुन आएका महिलाहरुलाई एमाले निकट युवा संघका कार्यकर्ताहरुले लगारेको कुरा पुष्टि भएको छ । घटना युवा संघका सचिवालय सदस्य विनोद राईको नेतृत्वमा भएको पाइएको छ । सार्वजनिक भिडियोमा पनि राईलाई भेटिन्छ ।

राईले यसअघि दुर्गा प्रसाइँलाई एल्लो प्यागोडा होटल अगाडि कालोमोसो दलेका थिए ।मध्यरातमा सुतिरहेका महिलाहरुमाथि गरिएको दुर्व्यवहारको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । भिडियो भाइरल बनिरहेका एमालेमाथि आलोचनाको वर्षा हुन थालेको छ ।

तर, घटनामा संलग्नताको पुष्टि हुँदा पनि एमाले नेतृत्वले भने कारबाहीभन्दा बचाउमा अभिव्यक्ति दिन थालेको छ । घटनाबारे एमाले केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम बनाउन उक्त भिडियो बनाइएको जिकिर गरे । ओलीले युवा संघले यस्तो गतिविधि गर्नै नसक्ने बताए । उनले घटना प्रसाइँ समूहले नै रचेको उनको भनाई छ ।

“युवा संघले यसो गर्‍यो भनेर एउटा भिडियो आएको देखियो”, उनले भनेका छन्, “त्यो आफैं बोक्सी, आफैं झाँक्री जस्तो देखिन्छ, युवा संघको यस्तो क्रियाकलाप होइन, युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन्।”

यता, नेता महेश बस्नेतले पनि उक्त घटनामा युवा संघको संलग्नतालाई अस्वीकार गरेका छन् । उनले घटना स्थानीयको आक्रोशबाट पैदा भएको टिप्पणी गरेका छन् । स्थानीयले देखाएको आक्रोशलाई मिलाउन युवा संघले नै समन्वय गरेको उनको भनाई छ ।

“दुर्गा प्रसाँई जस्ता अपराधिक व्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र व्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढंगले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ”, उनले घटनाबारे भनेका छन्, “याद होस् ति व्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै बास बस्ने व्यवस्था गरेका हुन् ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖