• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । बुधवार नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएको बताए ।

‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन’, प्रधानमन्त्री प्रचण्डको भनाई छ । पराजित भइसकेका सामन्ती तत्त्वहरूले अन्तिम पटक टाउको उठाउन खोज्ने संसारकै नियम भएको भन्दै उनले अहिले नेपालमा पनि त्यही कोसिस भइरहेको बताए ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ’, चेतावनी दिँदै प्रधानमन्त्रीले भने, ‘यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’ त्यस क्रममा उनले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले राष्ट्रिय संवतकाे रूपमा विकसित गर्नुपर्ने बताए ।

एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गरिरहेको भन्दै उनले उनीहरूको संस्कार सिकाउन खोज्नुको कुनै अर्थ नभएको बताए । ‘लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖