• Friday 9th of October 2026

बिर्तामोडबाट हराएका दुई बालिका यस्तो अवस्थामा परे फेला


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाको बिर्तामोडबाट बुधवार विहान वेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । विहान ११ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको बुबा निशान निरौलाले जानकारी दिए ।

बिर्तामोड-५ लालीगुराँस टोलका दुई बालिका विहान ११ बजेदेखि परिवारको सम्पर्कभन्दा बाहिर पसगेपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएका थिए ।सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका थिए ।

बुबा निरौलाले बच्चाहरुलाई स्थानीय सोधीखोजी गर्दैगर्दा आफन्तले नै देखेर सम्पर्क गरेको बताए ।आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचना मार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको थियो ।-कनकाइ खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖