• Thursday 8th of October 2026

पछिल्लो तीन वर्षमा भारतीय क्रिकेट टोलीमा ९ कप्तान


  • धनकुटा खबर
  • .

एजेन्सी – भारतले टि२० आईमा मात्रै पछिल्लो तीन वर्षमा ९ खेलाडीलाई कप्तान बनाएकोछ ।

बिहीबार देखि भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग ५ टि२० आई सिरिजको सुरुवात गर्दैछ ।

सुर्यकुमार यादवले पहिलो पटक कप्तानी गर्नेछन् । २०२१ सुरुवातपछि उनी भारतीय टोलीमा टि२० आई मा कप्तानी गर्ने ९ औं खेलाडी बन्नेछन् ।

भारतले कोरोनाको समयमा श्रीलंका भ्रमणमा शिखर धवनलाई कप्तान बनाएको थियो ।

त्यसपछि टि२० आइमा लगातार कप्तानमा सबै खेलाडीलाई मौका दिएकोछ ।

२०२१ यता भारतीय टोलीमा विराट कोहलीले १०, शिखर धवन ३, रोहित शर्मा ३२, ॠषभ पन्तले ५, हार्दिक पान्ड्या १६, लोकेश राहुल १, जस्पित बुमराह २ र रितुराज गायकवाडले ३ टि२० आइमा कप्तानी गरेका छन् ।

२०२१ को टि२० विश्वकपमा खराब प्रदर्शनपछि भारतले विराट कोहलीलाई कप्तानबाट हटाएको थियो । त्यसपछि रोहितलाई कप्तान बनाएको थियो । रोहितको कप्तानीमा २०२२ को टि२० विश्वकप भारत सेमिफाइनलबाट बाहिरिएको थियो ।

भारतले रोहितलाई विश्राम दिदा अन्य खेलाडीलाई कप्तानमा हेर्दै आएकोछ । भारतले सम्भव त २०२४ को विश्वकप मा हार्दिकको कप्तानीमा खेल्ने सम्भावना छ । भारतले आफ्ना युवा खेलाडीलाई मौका दिन फरक फरक सिरिजमा कप्तान परिवर्तन गरेकोछ ।

दुई महिना अघि १९ औ एसियायी खेलकुदमा रितुराजले कप्तानी गरेका थिए । उनको कप्तानीमा भारतले स्वर्ण जितेको थियो । भारतले क्वाटरफाइनलमा नेपाललाई २३ रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖