• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मधेशकी क्रिकेटर निशाको निधन


  • धनकुटा खबर
  • .

निजगढ । मधेस प्रदेशकी क्रिकेटर अमिरण निशाको निधन भएको छ । अमिरणको १६ वर्षको उमेरमा बुधबार निधन भएको हो । बिरगंज घर भएकी अमिरण केही महिनादेखि क्यान्सर रोगबाट ग्रसित थिइन् ।

अमिरणको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । बारा जिल्ला र मधेस प्रदेशको टिमबाट विभिन्न राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिसकेकी अमिरण अलराउन्डरको भुमिका निर्वाह गर्थिन् ।

अमिरणले ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप र नेपाल क्रिकेकेट संघले आयोजना गरेको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेलेकी थिईन् ।

बिगत केही महिनादेखि क्यान्सर रोग भएको पत्ता लागेपघि उनको उपचारका लागि मधेस प्रदेश क्रिकेट संघले उपचारमा सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गरेको थियो ।

अमिरणको निधनप्रति दुख व्यक्त गर्दै नेपाल क्रिकेट क्रिकेट संघ क्यान र मधेस प्रदेश क्रिकेट संघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖