• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

झडपमा केही प्रदर्शनकारी घाइते


  • धनकुटा खबर
  • .

काठमाडाैँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।

केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक-पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖