• Thursday 8th of October 2026

अन्तिम बल अघि हार्‍यो अस्ट्रेलिया, भारतको कीर्तिमानी जित


  • धनकुटा खबर
  • .

काठमाडौं। अस्ट्रेलियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा भारतले २ विकेटको रोमान्चक जित हात पारेको छ।

अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति ठूलो लक्ष्य पुरा गर्न सकेको थिएन। भारतलाई अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहेका बेला रिंकु सिंहले छक्का प्रहार गरेका थिए। उक्त बललाई अम्पायरले नो बल दिएका थिए।

भारतको पालीमा कप्तान सुर्यकुमार यादवले ४२ बलमा ४ छक्का र ९ चौकासहित ८० रन जोडे। विकेटकिपर इसन किसनले ३९ बलमा ५ छक्का र २ चौकासहित ५८ रन बनाए। यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गरेका थिए।

त्यसअघि अस्ट्रेलियाका लागि जोस इङ्लिसले ५० बलम ८ छक्का र ११ चौकासहित एक सय १० रन बनाएका थिए।

स्टिभन स्मिथले पनि ५२ रन बनाए। भारतले अधिकांश दोस्रो रोजाइका खेलाडीलाई समेटेर यो शृंखला खेलिरहेको छ। गत साता मात्र भारतीय टोली एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖