• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीको ज्यादती- ढाका टोपी र दौरा सुरुवाल लगाएका सर्वसाधारणलाई बलजफ्ती पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंको आज पूर्वनिर्धारित कार्यक्रम तीन कुनेमा रोक लगाएर प्रहरीले सर्वसाधारणलाई सास्ती दिइरहेको छ । प्रहरीले सो क्षेत्रमा हिडिँरहेका सर्वसाधारणलाई विभेदकारी नीति अख्तियार गरेको छ ।

प्रहरीले तीनकुने आसपासका क्षेत्रमा हिडिरहेका ढाका टोपी र दौरा सुरुवाल लगाएका सर्वसाधारण नागरिकलाई जर्बजस्ती केरकार गर्दै पक्राउ गरिरहेको दृष्य सार्वजनिक भएको छ । आफ्नो व्यक्तिगत काम र औषधि लिन हिँडेका लाई समेत केरकार गर्ने गरेको पाइएको छ ।

प्रहरीले उक्त क्षेत्रमा आफ्नो काममा हिँडेका नियमित औषधि सेवन गर्ने बृद्धवृद्धालाई समेत बलजफ्ती गिरफ्तार गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आपत्ति प्रकट गरिहरहेका छन् ।

प्रहरी ज्यादतीको सर्मत्र आलोचना भइरहँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले यस विषयमा छानबिन गर्ने बताए ।

उनले सामूहिक रुपमा हिँडेकालाई बाहेक अन्यलाई पक्राउ गर्न निर्देशन नदिएको बताउँदै उनले डिसी नेपालसँग भने, ‘प्रहरीले निषेधित क्षेत्रमा सामूहिक रुपमा हिँडेकालाई बाहेक अन्यलाई जर्बजस्ती गिरफ्तार गर्न निर्देशन दिएको छैन । सर्वसाधारणलाई बलपूर्वक त्यसो गरिएको गुनासो आएको छ । छानबिन गर्दैछौं।’

उनले यस बारेमा ध्यानाकर्षण भएको जनाए । उनले यस बारेमा तत्कालै बुझेर त्यसो नगर्न सम्बन्धित क्षेत्रमा निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖