• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओलीको उत्तेजक टिप्पणी : “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ”


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघको प्रदर्शनलाई लिएर धन्यवाद दिएका छन् । उनले देश संकटमा परेको बेलामा युवा संघले आफ्नो शक्ति देखाएको भन्दै धन्यवाद दिएका हुन् । युवा संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले राजतन्त्र फर्काउँछु भनेर केही लागेकोमा व्यंग्य कसे । उनले भने,‘युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु, देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।”

उनले प्रतिक्रियावादीहरूले चुनावमा भेटौं भन्छन् भने पनि आफूहरुलाई स्विकार्य भएको बताए । उनले थपे,“प्रतिक्रियावादीहरुले जहाँ भन्छन्, त्यहाँ भेट्न एमाले तयार छ । उनीहरुले सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।” उनले हिजोको युवा संघको तिनकुनेको प्रदर्शन एक झलकमात्रै भएको जिकिर गरे । उनले युवा संघ उत्रिँदा त यस्तो अवस्था भयो भने सिंगो एमाले उत्रिँदा के होला ? भन्दै प्रश्न तेर्साए । उनले युवा संघलाई एमालेको काईँलो छोरा वा छोरीको संज्ञा दिए । उनले थपे,“यो त एमालेको काहिँलो छोरा/छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ ?’

युवा संघ र दुर्गा प्रसाईंबीच यतिवेला शक्ति प्रदर्शनको होड चलेको छ । यही सन्दर्भमा ओलीले युवा संघको प्रदर्शनलाई लिएर प्रशंसा एवम् धन्यवाद ज्ञापन गरेका हुन् । कतिपयले भने एमालेजस्तो बलियो राष्ट्रिय शक्तिले गलत समय र गलत उद्देश्यको लागि शक्ति खर्चिएको भनेर आलोचनासमेत गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖