• Thursday 8th of October 2026

गुलशनले नेपालको यु-१९ टोलीबाट खेल्ने


  • धनकुटा खबर
  • .

नेपाली सिनियर टोलीका युवा अलराउन्डर गुलशन झाले नेपालको यु१९ टोलीबाट खेल्ने भएका छन् ।

यु-१९ टोलीले टियु मैदानमा एसिया कपको लागि प्रशिक्षण गरि राखेको छ । गुलशन पनि यु१९ टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् ।

यु१९ टोलीका मुख्य प्रशिक्षण जगत टमाटाले उनी खेल्ने हाम्रो खेलकुदलाई बताए ।

‘गुलशन यु१९ प्रशिक्षणमा जोडिएका छन् । यु१९ एसिया कप हुँदै यु१९ विश्वकप खेल्ने यो राम्रो सेटअप हो । यदि अब नेपालको अचानक कुनै खेल नपरे उनी यु१९ प्रतियोगिता खेल्छन्’, टमाटाले हाम्रो खेलकुदसँग भने ।

यु१९ ले नेपालको सिनियर टोलीसँग तीन अभ्यास खेल खेलेकोछ । यु१९ टोलीको प्रशिक्षणमा २६ खेलाडी छन् । यु१९ का खेलाडीले भने पोखरामा जारी केपी ओली कप खेल्ने छैनन् ।

गुलशन टोलीमा फर्किदा नेपाली यु-१९ टोली मजबुत बन्नेछ । गुलशनले २०२१ मा नेपालबाट यु१९ एसिया कप खेलेका थिए ।

गत वर्ष आइसिसी यु१९ विश्वकप एसिया छेत्र छनोटको लागि सुरुमा गुलशनलाई कप्तान बनाइएको थियो । तर सिनियर टोलीको कारण उनी यु१९ खेलेका थिएनन् ।

गुलशनले २४ ओडिआई र १४ टि२० आई खेल खेलेका छन् ।

गुलशनले तल्लोक्रममा राम्रो ब्याटिङका साथै तिव्र गतिमा बलिङ गर्ने गर्दछन् । बायाँ हाते ब्याटर हुँदा उनले तेस्रो नम्बरमा पनि खेल्दै आएका छन् । तल्लोक्रमा उनले ठुलो सर्टको क्षमता राख्छन् । पछिल्लो एक वर्षमा नियमित नेपाली टोलीबाट राम्रो गर्दै आएका छन् ।

जसको कारण यु१९ टोलीले ठुलो अपेक्षा उनिबाट गर्नेछ । आइसिसी विश्वकप लिग २, विश्वकप छनोट, एसिसी पृमियर कप, एसिया कप, एसिसी इमर्जिङ टिम्स एसिया कप र आइसिसी टि२० विश्वकप एसिया छेत्र छनोट जस्ता प्रतियोगिता खेलेका छन् ।

उनले भारत, पाकिस्तान, जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्ड लगायतका टेस्ट टोलीविरुद्ध खेलेका छन् ।

यु१९ एसिया कप र विश्वकप दुबैमा नेपालले बलिया टोलीसँग खेल्नेछ । गुलशन र देव खनालसँग सिनियर टोलीको अनुभव हुँदा नेपालले ठुलो अपेक्षा राख्नेछ । पछिल्लो एक वर्षमा देवले यु१९ मा तीन शतक हानी सकेका छन् ।

यू१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुनेछ । समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

उता यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖