• Thursday 8th of October 2026

रोनाल्डोको दुई गोलले अल नासर विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए ।

रोनाल्डोले खेलको ७७ र ८०औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल खेलको १३ औँ मिनेटमा सामी अल नाजेइले गरेका थिए ।

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖