• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

झापामा पूर्व राजाको कार्यक्रम, प्रदेशका विभिन्न जिल्लाबाट राजावादी भेला हुँदै


  • धनकुटा खबर
  • .

विराटनगर । झापाको बिर्तामोडमा रहेको इकम कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् ।

उनी शुक्रवार नै झापा आइपुगेका हुन् । झापाको मेचीनगरस्थित एचएमसी होटलमा बसेका उनी अहिले केही बेरमा कार्यक्रम स्थल बिर्तामोड तर्फ आउने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाहले दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजका कार्यकारी अध्यक्ष अलोक कार्कीले जानकारी दिए ।

उनी झापा आएसँगै झापाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई रहेका छन् ।

झापामा राजा आएसँगै राप्रपाले र्‍याली गर्ने तयारी गरेको छ । मेचीनगरबाट र्‍याली निकाल्ने र्‍यालीमा सहभागी बन्न विभिन्न स्थानबाट राजावादीहरू भेला भएका ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖