• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वमाओवादी नेताहरु सबैको टाउकोमाथि घन बज्रिदै


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्व माओवादी नेताहरुको टाउकोमा घन बज्रिने अवस्था रहेको बताएका छन् । उनले कसका कारण पूर्वमाओवादी नेतामाथि घन बज्रिन लागेको हो त्यो भने खुलासा गरेनन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मोहन बैद्य ‘किरण’ सिपी गजुरेल, गोपाल किराती, रामबहादुर थापा ‘बादल’, विप्लव लगायतका नेतालाई चेतना हुन आवस्यक रहेको बताए ।

‘पूर्वमाओवादीहरुलाई तपाईहरु फेरि माओवादीमा फर्काउन सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा केन्द्रीत हुँदै उनले एक हुनुको विकल्प नरहेको बताए । ‘सबैको टाउकोमाथि घन बज्रिदैछ । सबैलाई चेतना हुने होला नि । बाबुराम भट्टराई आउनुहुन्छ । कुरा भइरहेको छ ।’

‘एमाले, माओृवादी, एकीकृत समाजवादी एक हुन्छ ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘भविष्यको कुरा त आजै भन्न सकिएन । धेरैवटा पसल थापेर बसिराख्नुको कारण के हो र ? विर्मश गरेर बनाए त हुन्थ्यो । आफ्नै स्वार्थको रोटी सेकाउनका लागि त जतिपनि ठाउँ छ । नाङ्लो पसलजस्तो कम्युनिष्ट पार्टी खोले त जतिपनि हुन्छ । तर, अहिलेको आवस्यकताले त्यसरी महशुस गरे हुन्थ्योजस्तो लाग्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖