• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यो नेपालको बजारमा सुनचाँदीमा आएको लगातार दोस्रो दिनको वृद्धि हो । हिजो ६०० रुपैयाँले बढेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा मूल्य बढेसँगै आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖