• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियु ताप्लेजुङ सह-संयोजकमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल कारबाही गरियाेस् : याेगेश भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमालेका सचिव तथा सांसद् याेगेश भट्टराईले अनेरास्ववियुका ताप्लेजुङ सह-संयाेजक विवेक बानियाँमाथि भएकाे आक्रमणकाे निन्दा गर्नुभएकाे छ ।

सचिव भट्टराईले अपराधीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ । उहाँले बानियाँकाे उपचारकाे व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएकाे छ ।

‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह-संयोजक कमरेड विवेक बानियाँमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु, अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाँको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु’- सचिव भट्टराईले लेख्नुभएकाे छ ।

सदरमुकाम फुङलिङ नगरपालिकास्थित आफ्नै निवास अगाडि बानियाँमाथि सोमबार बिहान खुकुरी प्रहार भएको थियाे । फुङलिङ-४ का प्रेमराज लिम्बूले खुकुरी प्रहार गर्दा बानियाँकाे खुट्टामा गम्भीर चाेट लागेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖