• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राजेन्द्र लिङ्देनसँग रिसाए पूर्वराजा ज्ञानेन्द्र !


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वसँग असन्तुष्ट बनेका छन् । झापाको शक्तिप्रदर्शनपछि होटल मेची क्राउनमा बसेको समीक्षात्मक बैठकमा पूर्वराजा शाहले असन्तुष्टि पोखेका हुन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शैली निकै ‘अपरिपक्क’ देखिएको भन्दै असन्तुष्टि जनाएको निकटस्थले बताएका छन् ।

उक्त छलफलमा शाहनिकटले लिङ्देनलाई र्‍याखर्‍याख्ती समेत पारेको बताइएको छ । बताइएअनुसार पूर्वराजा शाहले लिङ्देनलाई हालकै शैलीले अगाडि बढ्न जटिल हुने कुरा सुझाएका छन् ।“राजेन्द्र तिमिले छाती अलि ठूलो गर्नुपर्‍यो, यसरी हुँदैन”, शाहले लिङ्देनलाई भनेको भनाई उर्द्धत गर्दै राप्रपाका एक नेताले भनेका छन् ।

प्रसाइँलाई असहयोग गरेकोप्रति असन्तुष्ट
मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र बचाउन अभियान’ले केन्द्रीय राजधानी काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको थियो । मंसिर ७ गतेका दिन राम्रै सहभागितामा प्रदर्शन गराउन सफल भएपनि त्यसयता भने क्रमशः प्रसाइँ नेतृत्वको अभियान सेलाउन थाल्यो ।

निरन्तर सडक संघर्ष गर्ने भनिएको आन्दोलन आइतबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ । अभियानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेको जनाएको थियो ।

प्रसाइँ नेतृत्वको अभियानमा एकातिर सरकारले दमन गरेको थियो भने अर्कोतिर राजसंस्था पक्षधरको मूल शक्ति राप्रपाले नै असहयोग गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम्ले सार्वजनिक रूपमै प्रसाइँ नेतृत्वको अभियानलाई ‘ठग अभियान’को संज्ञा दिएका छन् ।

तथापी, प्रसाइँ नेतृत्वको अभियानलाई लिएर राप्रपा भने राम्रैसँग विभाजित बनेको छ । वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायत प्रसाइँ नेतृत्वको अभियानको पक्षमा उभिएका छन् ।

पूर्वराजा शाहले पनि प्रसाइँ नेतृत्वको अभियानमा लिङ्देनले गरेको असहयोगप्रति निकै असन्तुष्टि पोखेका छन् । “कम्तिमा प्रसाइँले उठाएको एजेण्डा हाम्रो पक्षमा थियो, जे–जसरी सम्बोधन गर्न मिल्थो, गर्नुपथ्र्यो भन्नेकुरा राजाले राख्नुभएको छ”, शाहनिकटले भनेका छन् ।

शाह निकटस्थतबाट लिङ्देनलाई र्‍याखर्‍याख्ती
शाहले डाकेको समीक्षात्मक बैठकमा लिङ्देनसँगै नेताहरु रामकुमार सुब्बा, रोशन कार्की, सगुनसुन्दर लावती, राम थापा, राजेन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो । जसमा लिङ्देनप्रति शाहसहित अन्यले पनि थुप्रै प्रश्न उठाएको बताइएको छ ।

शाहको साथ पाएका राजेन्द्र गुरुङले लिङ्देनलाई “महाधिवेशनको म्यान्डेड के हो ?” भन्दै प्रश्न गरेको ति नेताले बताए । “महाधिवेशनबाट किन नेतृत्व परिवर्तन भयो, महाधिवेशनले के भनेको थियो, हेक्का राख्नुपर्दैन ?” गुरुङले गरेको प्रश्नलाई उद्र्धत गर्दै ती नेताले भनेका छन् ।

महाधिवेशनमा दिइएको निर्देशनअनुसार रोडम्याप तय गर्न लिङ्देनलाई शाहले निर्देश गरेको ति नेताले बताए ।

राजसंस्थापक्षधरलाई एक ठाउँमा ल्याउन निर्देशन
पूर्वराजा शाहले राजसंस्था पक्षधरलाई समेटेर अगाडि बढ्न लिङ्देनलाई भनेका छन् । महाविधेशनसँगै टाढिएका कमल थापा र अहिलेका दुर्गा प्रसाइँलाई पनि साथ लिएर अगाडि बढ्न उनले निर्देशन गरेको ती नेताले भने ।
“उहाँले प्रष्टरूपमै कमल थापासहित प्रसाइँलाई समेटेर अगाडि बढ्न भन्नुभएको छ”, ति नेताले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖