• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले गर्नुपर्‍यो ओभरसुट


  • धनकुटा खबर
  • .

काठमाडौ । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले अनलाइनखबरलाई जानकारी दिए ।

‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖