• Thursday 8th of October 2026

मुम्बई फर्किएपछि हार्दिकले के भने ?


  • धनकुटा खबर
  • .

मुम्बई । हार्दिक पाण्ड्या आईपीएलको मुम्बई इन्डियन्स टोलीमा फर्किएपछि टोलीका मालिक टिना अम्बानी र आकाश अम्बानीले उनलाई स्वागत गरेका छन् ।

उक्त अवसरमा पाण्ड्याले पनि आफू कमब्याक गर्न पाउँदा खुसी भएको बताए ।

टिम मालिक नीता अम्बानीको बयान मुम्बई इन्डियन्सको आधिकारिक ह्यान्डलबाट सोशल मिडिया साइट ‘एक्स’ मा जारी गरिएको छ। नीता अम्बानीले भनिन्, ‘हार्दिक घर फर्किँदा हामी उत्साहित छौँ ! यो हाम्रो मुम्बई इन्डियन्स परिवारको न्यानो पुनर्मिलन हो ! मुम्बई इन्डियन्सको युवा उदीयमान प्रतिभादेखि लिएर अब टीम इण्डियाको स्टार बन्ने सम्म, हार्दिकले लामो यात्रा तय गरेका छन्। हामी उनको भविष्य र मुम्बई इन्डियन्सको भविष्यलाई लिएर उत्साहित छौं!’

नीता अम्बानीका छोरा आकाश अम्बानीले पनि हार्दिक टोलीमा फर्किएकोमा खुशी व्यक्त गरेका छन् । मुम्बई इन्डियन्सको ह्यान्डलबाट जारी गरिएको विज्ञप्तिमा आकाश अम्बानीले भनेका छन्, ‘हार्दिक मुम्बई इन्डियन्समा फर्केको देखेर म धेरै खुसी छु । घर फिर्ता भएकोमा शुभकामना ! मुम्बई इन्डियन्स परिवारसँग हार्दिकको पहिलो इनिङ्स निकै सफल रह्यो र हामी आशा गर्छौं कि उनले यो दोस्रो इनिङ्समा थप सफलता पाउनेछन्।’

हार्दिकले पनि यसबारे दुईवटा ट्वीट गरेका छन् । एउटा पोष्टमा उनले मात्र लेखे, ‘घर, मुम्बई इन्डियन्सको घर ।’ अर्को पोस्टमा मुम्बई इन्डियन्सको जर्सी देखाउँदै उनले लेखेका छन्, ‘यसले धेरै राम्रा सम्झनाहरू ल्याएको छ। मुम्बई, वानखेडे, पल्टन। फर्किँदा राम्रो लागेको छ ।’

मुम्बई इन्डियन्स हार्दिकको पुरानो टोली हो। यही टोलीबाट उनले आईपीएलमा डेब्यु गरेका हुन् । तर, २०२२ मा नयाँ टोली गुजरात टाइटन्सले उनलाई आफ्नो टोलीको हिस्सा बनाएर कप्तान बनाएको थियो। उनले २०२३ मा गुजरात टाइटन्सबाट पनि खेलेका थिए।

आइतबार गुजरात टाइटन्सले उनलाई २०२४ मा रिटेन गर्ने घोषणा गरेको थियो। तर त्यसको केही घण्टापछि मुम्बई इन्डियन्सले हार्दिक पुरानो टोलीमा फर्किएको बताएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖