• Thursday 8th of October 2026

भारतलाई सिरिज जित्ने अवसर


  • धनकुटा खबर
  • .

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पाँच म्याचको टी ट्वान्टी सिरिज जित्ने अवसर भारतलाई छ । तेस्रो टी ट्वान्टी सिरिजमा मंगलबार भारतले अष्ट्रेलियासँग गुवाहाटीमा खेल्दैछ । सुरुवाती दुई खेलमा भारतको प्रर्दशन जबर्जस्त देखिएको छ । पहिलो खेलमा अष्ट्रेलियालाई २ विकेटले हराएको भारतले ४४ रनले जितेको दोस्रो खेलमा २ सय ३५ रनको चुनौती पाहुना टोली समक्ष तेर्साएको थियो ।
मंगलबार जित निकाल्दै दुई खेल अगावै सिरिज जित्ने अवसर भारतसँग छ ।

अघिल्लो हप्तामात्र अष्ट्रेलियासँग एकदिवसीय विश्वकप गुमाएको भारत टी ट्वान्टी सिरिज हात पार्दै चोटमा मलम लगाउन चाहन्छ ।

एकदिवसीय विश्वकपका केही खेलाडी र नयाँ अनुहारलाई भारतले अष्ट्रेलियाविरुद्धको सिरिजमा राखेको छ । जसमा युवा खेलाडीको प्रर्दशन शानदार देखिन्छ । टी ट्वान्टीका नम्बर एक ब्याट्सम्यान सुर्यकुमार यादवले भारतीय टिमलाई नेतृत्व गरेका छन् ।

पछिल्लो खेलमा मात्र भारतका शीर्ष क्रमका ब्याट्सम्यानले शानदार अर्धशतक प्रहार गरेका थिए, जसमा रिंकु सिंहको फिनिसिङले भारतलाई ठुलो स्कोरसम्म पुर्याएको थियो ।

भारतलाई बलिङमा सुधार गर्दै ब्याटिङको फर्मलाई यथास्थितीमा राख्नुपर्ने चुनौती छ ।मुख्य खेलाडी घर फर्किएपनि अष्ट्रेलियासँग स्टिेभन स्मिथ जस्ता प्रभावशाली खेलाडी यस सिरिजमा छन् । जसले सिरिजलाई भारतको पोल्टामा जानबाट जोगाउँदै अन्तिममा घरैसम्म लैजान सक्छन् । टी ट्वान्टीमा ओपनर बनेका स्मिथ अष्ट्रेलियाका ठुला भरोसा हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖