• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

सांसद महराको धनमाल चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ, १२ मङ्सिर : काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।

आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो ।

“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उहाँले भन्नुभयो । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
-रासस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖