• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

व्यवस्थाविरुद्ध उभिनु गलत: अध्यक्ष नेपाल


  • धनकुटा खबर
  • .

वीरेन्द्रनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यवस्थाविरुद्ध उभिनु गलत भएको बताएका छन्। उनले सरकारले गलत गरे सरकारविरुद्ध उभिनुपर्नेमा व्यवस्थाविरुद्ध उभिनु गलत भएको बताएका हुन्।

भूकम्पप्रभावित जिल्ला पुगेर फर्किएलगत्तै मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात भएको बताएका छन्।

उनले देशमा आर्थिक समस्या रहेको बताउँदै अर्थतन्त्र अघि बढ्न नसकेको बताए। अर्थतन्त्र ठिकठाक छ भन्ने र नेपाल श्रीलंका नै बन्न लाग्यो भन्ने दुवै कुरा गलत भएको अध्यक्ष नेपालले बताए। राजावादीहरू विभिन्न नाममा सल्बलाइरहेका बेला काठमाडौंमा आन्दोलन गरे त्यो उपलब्धिविहीन हुने नेपालको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖