• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले बाटैबाट फर्कायो


  • धनकुटा खबर
  • .

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर बादविवाद भएको थियो ।

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ । प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖