गौशाला क्षेत्रका स्थानीय र केही होटल व्यवसायीले दुर्गा प्रसाईंको आन्दोलनमा आएकालाई बन्धक शैलीमा राखेको सूचना दिएपछि हामी मंसिर १२ गते बिहान १० बजेतिर नेपाल प्रेसको कार्यालयबाट निस्कियौं ।
कार्यालयबाट निस्कने क्रममा गौशाला प्रहरी प्रभागका प्रहरी नायब उपरीक्षक केशव थेबेलाई पनि सम्पर्क गर्यौं । किनकि त्यहाँ हामीमाथि समस्या पनि आउन सक्थ्यो । थेबे नेतृत्वका प्रहरी अघिल्लो दिनको प्रदर्शनदेखि नै हाइ अलर्टमा रहेछ त्यहाँ ।
गौशाला चोकमा न्यू घरेलु होटल र सेभेन स्टार पार्टी प्यालेस दुई ठाउँमा प्रसाईंको आन्दोलनमा आएकालाई राखिएको रहेछ । पहिले हामी सेभेन स्टारमा राखिएका सहभागीको अवस्था बुझ्न गयौं ।
अभियानमा सहभागी हुन आएकाहरु केही घाम ताप्दै गफगाफ गर्दै थिए । केही खाना खाएर फर्कंदै थिए । कतिपय सुतिरहेका थिए । त्यहाँ अधिकांश मधेशी मूलका महिलाहरु थिए । हाम्रो प्रवेशलाई त्यहाँ सबैले असहज ढंगले हेरिरहेका थिए ।
हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।
हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।
हामीले उनीहरुमध्ये एक जनासँग कुरा गर्न खोज्दा हच्किए । अर्का एक व्यक्ति जो प्रसाईंको तर्फबाट हेरालुका रुपमा राखिएका थिए, उनीसँग हामीले कुरा गर्न खोजेका थियौं । उनले पनि ‘मैले बोल्न मिल्दैन, सरलाई बोलाएर ल्याउँछु, उनैसँग कुरा गर्नुस्m जे गर्नुस’ भन्दै ती व्यक्ति भित्र छिरे ।nepalpress
