• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई धुम्बाराही बोलाएका छन्।
निजी निवास धुम्बाराहीमा बुधबार दिउँसो १ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो।

उक्त बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले जानकारी दिए। उनका अनुसार धुम्बाराहीमा आसन्न महासमिति बैठकको तयारीबारे पनि छलफल हुने तयारी छ।

कांग्रेस महासमिति बैठक आगामी मंसिर २९ देखि पुस २ गतेसम्म बस्दै छ। यसअघि यो बैठक मंसिर १३ देखि १५ सम्म बस्ने गरि तय भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖