• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाउने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ मंसिर । सरकारले गत कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना र प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुमपश्चिममा सेना र प्रहरी खटाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖