• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एनसेल बेचेर नेपालबाट बाहिरिने एक्सिएटाको निर्णय


  • धनकुटा खबर
  • .

एनसेलको माउ कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्सिएटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्सिएटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

एक्सिएटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्सिएटाले नियामकलाई भनेको छ । सोहि निर्णय अनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले उल्लेख गरेको छ । नेपालबाट बाहिरिने निर्णयले एक्सिएटालाई थप मजबुत बनाउने र दिर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

८ वर्ष अगाडी एक्सिएटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पुंजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्सिएटाको ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖