• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

लोकमार्ग अभियानमा ओलीले भीम रावललाई वेवास्ता गरेपछि..


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)ले भोलि बुधबारदेखि मध्यपहाडि लोकमार्ग केन्द्रीत विशेष अभियान थाल्दैछ । तीन हप्तासम्म चल्ने सो अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट गर्नेछन् ।

एक हजार आठ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गअन्तर्गको सो अभियान लोकमार्गअन्तर्गत पूर्वको चिवाभञ्याङ्गमा पुगेर टुंगिनेछ ।

पश्चिमदेखि पूर्वसम्म जोड्ने राष्ट्रव्यापी उक्त अभियानमा सबैजसो शीर्ष नेताहरु सहभागि भइरहँदा पूर्वउपाध्यक्ष एवम् नेता डा. भीम रावल भने छुटेका छन् । उनलाई पार्टी अध्यक्ष ओलीले सहभागि हुन निम्ता दिएनन् ।

अभियानमा आफूलाई वेवास्ता गरिएपछि सामाजिक सञ्जालमार्फत रावलले गुनासो पोखरेका छन् । उनले आफूलाई अपमानपूर्ण ढंगबाट व्यवहार गरिएको बताएका छन् ।

“अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो, महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ” रावलले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैसीसँगको भनाईलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “अब सबै विवेकशील व्यक्तिले सोचौँ, यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ?”

पार्टी महाधिवेशनमा अध्यक्ष ओलीका विरुद्ध उभिएका रावल पार्टीभित्र निरन्तर हेपाइमा पर्दै आएका छन् । उनकै गृहजिल्लामा हुने कार्यक्रममा पनि वेवास्ता गरिने गरिएको पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖