• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको दुबई भ्रमणः उडान तालिका २ घण्टा अघि सार्दा विमानस्थलमा ३१ यात्रु अलपत्र


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार नेपाल एयरलाइन्सको जहाज नियमित उडान तालिकाभन्दा दुई घण्टा अगाडिनै दुबई प्रस्थान गर्दा यात्रुहरु विमानस्थलमै विचल्ली परेको तथ्य बाहिरिएको छ ।

काठमाडौंदेखि दुबईसम्मको उडानका लागि उक्त जहाजको समय तालिका हिजो (बुधबार) राति ११ बजेका लागि तोकिएको भएपनि उक्त जहाज प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई लिएर ९ बजेनै उडेको थियो । उडान तालिका २ घण्टा अघि सार्दा उक्त विमानबाट दुबई जानका लागि टिकट काटेका ३१ यात्रु अलपत्र परेका थिए ।

यात्रुहरु अलपत्र परेपछि नेपाल एयरलाइन्सले उनीहरुलाई होटलमा लगेर राखेको थियो । उनीहरुलाई आज (बिहीबार) को नियमित उडानमार्फन दुबई पठाउने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖