• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री जब ३१ यात्रु अलपत्र पारेर दुबई उडे


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राति साढे ९ बजे कोप–२८ मा भाग लिन दुबई प्रस्थान गरे ।

प्रधानमन्त्री प्रचण्ड नेपाल एअरलाइन्सको जहाजमार्फत दुबई प्रस्थान गर्दा ३१ यात्रु त्रिभुवन विमानस्थलमै छुटेका छन् । दुबईको नियमित उडान तालिकाभन्दा दुई घण्टाअघि सार्दा टिकट यात्रुहरू विमानस्थलमै अलपत्र परेका हुन्।

दुबई जान नपाएपछि ३१ जनालाई नेपाल एयरलाइन्सले होटलमा लगेर राखेको छ । बिहीबार अन्य एअरलाइन्सको उडानमार्फत् उनीहरूलाई दुबई पठाउने नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖