• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीका नेकपा एस एमालेमा समाहित


  • धनकुटा खबर
  • .

बैतडी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा समाहित भएको छ ।

एमालेले सुरू गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टीमा भित्रिएका नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖