• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली र विदेशीलाई एउटै हवाई भाडा कायम गर्न धवलशमशेर राणाको माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आन्तरिक हवाई उडानमा नेपाली र विदेशी पर्यटकलाई एउटै हवाई भाडा कायम गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले आन्तरिक उडानमा नेपाली र विदेशीका लागि फरक भाडादार राखिएकोले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

सांसद राणाले नेपालीलाई पाँच–छ हजार रुपैयाँ पर्ने हवाई भाडा विदेशीलाई भने २ सय डलर तोकेर विदेशीलाई नेपाल नआऊ भन्न खोजेको हो भन्दै प्रश्न गरे । एउटै उडानमा नेपालीलाई भन्दा विदेशीलाई पाँच–छ गुणा बढी भाडा भएकोले विदेशीहरूले अन्तर्राष्ट्रिय उडान भन्दा पनि आन्तरिक उडान महँगो भनेर गुनासो गर्ने गरेको बताए ।

सांसद राणाले नेपालमा पर्यटन विकासका लागि यस्तो नीति हटाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई कुनै काम गर्नका लागि समितिले आग्रह गर्ने नभई आदेश दिने नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖