काठमाडौं । सरकारले रुसी सेनामा नेपाली युुवाहरु भएको तथ्यांक नभएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गराउने क्रममा रुसी सेनाबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले युद्धग्रस्त क्षेत्रमा नेपाली युवाहरुलाई जान रोक लगाएको बताइन्।
उनले भनिन्, युद्धग्रस्त देशहरुमा नेपाली युवाहरु विभिन्न तरिकाले जाने त्यो सरकारलाई थाहा हुने कुरा पनि भएन। रुसी सेनाको बारेमा पहिला पनि कुरा आएका थिए। त्यहाँ नेपाली युवाहरुको मृत्यु भयो भन्ने कुरा आएको छ। यो बियषमा हामी सबै संवेदनशिल छौं। सरकारले तथ्यांक राख्ने भन्नुकरा त गर्नुपर्छ।
विभिन्न दलालहरुमार्फत् प्रलोभनमा परेर रुसी सेनामा भर्ती हुने गरेको बताइन्। उनले भनिन्, युद्धग्रस्त क्षेत्रमा पुगेका युवाहरुबारे घटना घटिसकेपछि खबर आउँने गरेका छन् धेरै त। यसबारेमा सरकारले खोजबिन गर्नुपर्छ। तथ्यांक पनि राख्नुपर्छ। तर, मुल कुरा यसरी प्रलोभवनमा परेर युद्धग्रस्त क्षेत्रमा जानु हुन्न भन्ने कुरा हामीले हाम्रो युवाहरुलाई भन्नुपर्छ भन्नेमा सरकार सचेत छ। अहिले जतिपनि घटनाका कुरा आइरहेका छन् आजकै दिनमा रुसी सेनामा नेपाली युवाहरु कति छन् भन्ने आधिकारिक तथ्यांक छैन।
गैरकानूनी रुपमा युवाहरु रुसी सेनामा गएको भएकाले सरकारले तथ्यांक राख्न नसकेको उनको भनाइ छ। कुटनीतिक रुपमा संवाद गरेर नेपाली युवाहरुलाई भर्ती नगराउन सरकारले भन्ने समेत बताइन्। रुसी सेनामा कार्यरत तीन नेपाली युवाको हालै मात्रै मृत्यु भएको थियो।
