• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने, वडाको सिफारिसमा दोस्रो किस्ता दिइने


  • धनकुटा खबर
  • .

काठमाडौं । भुकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने ५० हजार सरकारले एकमुष्ट नदिने भएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले दुई किस्ता गरेर प्रभावितले रकम पाउने बताइन्।

उनले भनिन्, ‘५० हजार एकै किस्तामा दिए हुन्थ्यो भन्ने माग पनि छ। त्यसबारे क्याबिनेटमा छलफल पनि भएको थियो। हामीले पनि एकैपटक गरौं भन्ने सुझाव राखेका थियौं। तर, गृहले कामको सुरुआत गरेपछि वडाको सिफारिसमा दिने भनेपछि झण्झटिलो प्रक्रिया पनि छैन। सिडिओ कार्यालयसम्म पनि आउनु पर्दैन।

उनले यहाँबाट ५० हजारका दरले अस्थायी आवास निर्माणको लागि रकम गइसकेको बताइन्।

उनले भनिन्, यहाँबाट रकम गइसकेको छ। तर, त्यहाँको स्थानीय पालिका र वडाहरुले पीडितहरुको वर्गीकरण गर्ने, छनोट गर्ने काममा थोरै ढिलाई भएको हो। पहिलो किस्ता लिएर काम थालेको दुई तीनदिनमा वडाकै सिफारिसमा वडाबाट नै पैसा लिन सक्ने भएकाले समस्या हुँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖