• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमालेको मध्यपहाडी यात्राअन्तर्गत आज डोटीको सिलगढीमा सभा


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १५ । नेकपा (एमाले) ले आज डोटीको सिलगढीमा सभा गर्दैछ। बिहीबार शुरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले डोटीमा कार्यक्रम गर्न लागेको हो।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको यात्रा अन्तर्गत शुक्रबार अध्यक्ष केपी ओलीसहितको नेता–कार्यकर्ताले डडेल्धुरा सदरमुकाम अमरगढीबाट यात्रा शुरु गर्नेछन्।

त्यहाँबाट सकायल, गोपघाट, राजपुर र दिपायल हुँदै सिलगढी पुगेर सभाको आयोजना हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖