• Saturday 28th of November 2026

साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य जगप्रकाश चौधरी (जय निशान्त) लाई पार्टीको सदस्य सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ ।

नेता निशान्तले पार्टीको नीति, सिद्धान्त एवं हित विपरीत आवान्छनिय क्रियाकलाप गरेको आरोपमा उनलाई निलम्बन गरेको हो । पार्टीका महासचिव प्रमेश्वर साहका अनुसार नेता निशान्तले पार्टीको हित विपरीत कार्य गरेको कारण उनलाई कारबाही गरिएको हो ।

उनले भने, ‘पार्टीमा कुनै नेताबिच विवाद छ भने त्यसलाई पार्टीभित्रै मिलाउनुपर्ने थियो, तर उहाँले पार्टीमा कुनै छलफल नै नगरीकन मुद्दा मामिला तथा अन्य प्रक्रियामा जानुभयो त्यही भएर पार्टीले उहाँलाई निलम्बन गरेको हो।’

तर नेता निशान्तले आफू पार्टीभित्र त्यस्तो कुनै आवान्छनीय क्रियाकलाप नगरेको दाबी गरे । पार्टीले आफूलाई निलम्बन गरेको बारेमा पनि कुनै जानकारी छैन, त्यसको बारेमा पत्र पनि प्राप्त भएको छैन, त्यसको बारेमा कसैले आफूलाई जानकारी पनि नगराएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖