• Thursday 8th of October 2026

एक बिलियन डलर क्षतिपूर्ति माग गर्दै रोनाल्डोमाथि मुद्दा


  • धनकुटा खबर
  • .

पोर्चुगिज सुपरस्टार क्रिस्चियानो रोनाल्डोमाथि क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ।

रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि फ्लोरिडाको अदालतमा सोमबार मुद्दा दायर गरिएको हो।
रोनाल्डोजस्ता उच्च प्रोफाइल खेलाडीले क्रिप्टोको प्रचार गर्दा असुरक्षित लगानीमा प्रेरित गरेको मुद्दामा दाबी गरिएको छ। उनीमाथि कम्तिमा १ बिलियन डलर क्षतिपूर्तिको माग गरिएको छ।

बाइनान्स विश्वको प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज मध्ये एक हो। बाइनान्सको नन-फन्जिबल टोकन (एनटिएफ) लाई प्रचार गर्न रोनाल्डोले सम्झौता गरेका थिए। त्यतिबेला बाइनान्सले रोनाल्डोको लोकप्रियता र पहुँचको फाइदा उठाएर नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखेको बताइएको छ।

गत २०२२ नोभेम्बरमा रोनाल्डोले कम्पनीसँग टोकन प्रचार गर्न सम्झौता गरेका थिए। त्यतिबेला टोकनको जसबैभन्दा सस्तो मूल्य ७७ डलर थियो। एक वर्ष पछि यसको मूल्य १ डलरमा झरेको छ। त्यतिबेला एनटिएफले सिआर-७ टोकनको घोषणा गरेको थियो।

क्रिप्टोको डिजिटल टोकन अनलाइन किन्न र व्यापार गर्न सकिन्छ। रोनाल्डोलाई भेट्ने अवसर जस्ता पुरस्कार घोषणा गर्दै सिआर-७ टोकनको व्यापारमा आकर्षित गरिएको थियो।

गत साता नै बाइनान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले मनी लान्ड्रिङ उल्लङ्घनमा दोषी ठहरिएपछि कम्पनीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖