• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जनार्दन शर्मा बिहान ६ बजे देखिनै अस्थायी आवास निर्माणमा सक्रिय


  • धनकुटा खबर
  • .

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् ।

कार्तिक १७ गतेको भूकम्पले यहाँका धेरैजसो घरमा क्षति पुर्‍याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण सुरु गरेको हो ।

उक्त स्थानमा एकै साथ तीन वटा अस्थायी आवास निर्माण भइरहेका छन् । शर्माको कमान्डमा जिल्लाभर तीन हजार भन्दा बढी स्वयंसेवक खटाइएको छ।

उनीहरुले धमाधम अस्थायी आवास निर्माणको काम गरिरहेका छन्। मङ्सिरभित्र नै अस्थायी आवास निर्माण गरेर त्रिपालमा रहेका नागरिकलाई अस्थायी आवासमा सारिसक्ने लक्ष्यका साथ काम भइरहेको शर्माले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖