• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सञ्चार सेवा र पूर्वाधार विकास प्राथमिकतामा : मन्त्री शर्मा


  • धनकुटा खबर
  • .

१६ मंसिर, सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवस्थित सञ्चार सेवा र भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । उनले स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव पनि दिइन् ।

सल्यानको कपुरकोट गाउँपालिकाले शनिबार बिहान आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले

नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन, विकास र सहज सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताइन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले चुस्त र सहज सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । पूर्वाधार विकास र नीति तथा कानुन निर्माणका काम भने संघ र प्रदेश सरकारले गर्ने उनको भनाइ छ ।

वर्तमान सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै दुर्गम जिल्लाका स्कुलहरुमा पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटेको लगायतका उदाहरण पेश गर्दै मन्त्री शर्माले सेवाग्राही मैत्री काम अझै बढाएर लैजानुपर्ने बताइन् ।

मन्त्री शर्माले राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधार लगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको जानकारी गराइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖