• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

किन गए सिके राउत दुबई ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ । कोप–२८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖