• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल साइकल स्टोर्समा भीषण आगलागी


  • धनकुटा खबर
  • .

जनकपुरधाम । सिरहाको लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत छन् । आगो लागेको भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।

फोन गरेको आधा घण्टापछि वारुणयन्त्र पुगेको स्थानीयको गुनासो छ । स्थानीय जयनाथ यादवका अनुसार आगो कसरी लागेको कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖