• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलमा पावर बैंक विष्फोट भएपछि खैलाबैला


  • धनकुटा खबर
  • .

काठमाडौं- त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको छ । आइतबार दिउँसो १ बजेको समयमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको हो । पावर बैंक विष्फोट भएपछि झोलामा आगलागी भएको थियो । एक्कासी पावर बैंक विष्फोट भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खैलाबैला मच्चिएको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगोले सामान्य क्षति पुगेको थियो । आगो केही बेरमै नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖