• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमाले मुगुमा भाँडभैलो, जिल्ला कमिटी खारेज गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेकपा एमाले मुगुमा भाँडभैलो भएको छ । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डले नयाँ जिल्ला कमिटी चयनको घोषणामा प्रक्रियागत त्रुटि रहेको भन्दै १० वटा भ्रातृ संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

साथै उनीहरूले निर्वाचन मण्डलले घोषणा गरेको नयाँ जिल्ला कमिटी खारेज गरी सहमतिकै माध्यमबाट बहुमत प्रतिनिधिको समर्थन भएका अध्यक्षका उम्मेदवार डम्बरबहादुर रावललाई सर्वसम्मत अध्यक्ष घोषणा गर्न माग गरेका छन् । गत ९ गते सुरु भएको एमाले मुगुको जिल्ला अधिवेशनमा सहमति नजुटेको भन्दै १४ गते अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो । एमाले प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वको अध्यक्षमण्डलले पूर्णबहादुर रोकायालाई अध्यक्ष र रत्नसिंह विष्ट उपाध्यक्ष, सुरेन्द्रबहादुर मल्ल सचिव तथा मदन बानियाँ र होइजाली विकलाई उपसचिवसहित ७१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो ।

तर यसप्रति आपत्ति जनाउँदै नेकपा एमालेको नेपाल सांस्कृतिक संघ मुगुका अध्यक्ष विर्खबहादुर मल्ल, नेपाल खेलकुद महासंघ मुगुका अध्यक्ष राजकुमार भाम, मानव अधिकार एलाइन्सका अध्यक्ष पहलमान रोकाया, उत्पीडित जातीय मोर्चाका अध्यक्ष हृदयसिंह दमाईं, राष्ट्रिय युवा संघ मुगुका अध्यक्ष नेत्रजंग रावल, अखिल नेपाल किसान महासंघ मुगुका अध्यक्ष भूमिचन्द्र कामी, नेपाल बैंक एसोसिएसन मुगुका अध्यक्ष राजेन्द्र मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य जीवन सेजुवाल, नेपाल बुद्धिजीवी परिषद् मुगु अध्यक्ष सुशीलकुमार भाम र नेपाल राष्ट्रिय शिक्षक संगठन मुगुका अध्यक्ष कृष्णबहादुर भामले जिल्ला कमिटी चयनप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖