• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतबाट साइकलमा नेपाल पसेकाको साथमा नगद ८ लाख, स्रोत खुलाउन नसक्दा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका-३ चमारटोलस्थित सीमा इलाकाबाट सोही गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महमद फिरोजलाई नियन्त्रणमा लिएको छ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा साथमा १ हजार दरका ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला परेको हो।

उनले उक्त रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖