• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ: डा. तोसिमा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गर्दै पार्टी फुट्ने कल्पना समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन्।

उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’

डा. कार्कीले चौरासीको चुनाव त हुने दाबी गर्दै लेख्छिन्, ‘चौरासी हुन्छ हुन्छ!’ तर उनले यस वाक्यमा आश्चर्य बोधक चिन्ह प्रयोग गरेकी छिन्। आज बिहानै फेसबुकमा एउटा स्ट्याटस लेख्दै यस्तो प्रतिक्रिया दिएकी हुन।

उनले जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्ने बताएकी छिन्। ‘साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ’, डा. कार्कीले लेखिकी छिन्, ‘दश बनाउन!! ’

उनले आफूहरू ठुलो छाती ठुलो मुटु लिएर हिँडेको उल्लेख गर्दै भनेकी छिन्, ‘त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न सक्दै त सक्नुहुन!! घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ।’

उनका अधिकांश छोटा वाक्य आश्चर्य बोधक चिन्हमा गएर टुङ्गिएका छन्। बरु आउनुहोस् तपाईँहरू पनि यो अभियानमा नछुटनुस।’

डा. कार्कीले यसअघि राखेको आफ्नो स्ट्याटस आएको टिप्पणीहरूको जवाफ दिन पनि भ्याएकी छिन्। ‘विधिको शासन? एए, सबैले आ–आफ्नो व्याख्या प्रतिव्याख्या गर्नुभएछ! विधिको शासन देशमै छैन हजुर!’, उनले भनेकी छिन्।

डा.कार्कीले थप टिप्पणी गर्दै विधिको शासन सरकारमै नभएको, स्वास्थ्य मन्त्रीको हर्कतमै नभएको, न्यायालयमै नभएको बताएकी छिन्। ‘निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ’, उनले भनेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖