• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुन तस्करीसम्बन्धी छानबिन समितिले राहुल महराको बयान लिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । तस्करीको सुनसम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय समितिले पुर्पक्षका लागि थुनामा पुगेका राहुल महरालाई बयानका लागि बोलाएको छ ।

राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् । विद्युतीय चुरोट (भेप)मा दुबई हुँदै नेपाल भित्रिएको तस्करीको सुन प्रकरणमा राहुलको भूमिका शंकास्पद देखिएपछि उनी पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भदौ १३ मा उनलाई पक्राउ गरेको थियो । हाल जिल्ला अदालत काठमाडौंको आदेशले उनी थुनामा छन् ।उनलाई बयानको लागि कारागारबाट छानबिन आयोगको कार्यालय सिंहदरबार बोलाइएको कारागार स्रोतले बतायो।

सो सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिक दाओजिङ भनेसहितका आरोपी भने हाल फरार छन् । आयोगले १७ मंसिरदेखि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेकाहरूमाथि बयान लिन थालेको हो । कारागार स्रोतका अनुसार हालसम्म १९ जनाको बयान लिएको छ ।मंगलबार राहुलसहित रेवन्त खड्का, निदेश बस्नेतको बयान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖