काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा फोनमार्फत धम्की आएको छ ।
धम्की आएपश्चात प्रधानमन्त्री कार्यालय र निवासमा सुरक्षा व्यस्था थप कडा पारिएको छ । स्रोतकाअनुसार एकजना महिला पूर्व लडाकुले नै प्रधानमन्त्रीको सचिवालयमा फोन गरेर धम्की दिएकी हुन् ।
पूर्व लडाकु मन्जु धमलाले सचिवालयका एक सदस्यलाई फोन गरेर आफ्नो माग पूरा नभएकाले अप्रिय कदम चाल्ने धम्की दिएकी हुन् । ती पूर्व लडाकु महिला जनयुद्धको मेला कम्पनी कमाण्डर रहेकी बताइएको छ ।
ती महिलाले यसअघि पनि नेताहरूलाई धक्की दिँदै पैसा माग्ने गरेको प्रहरी स्रोतले बताएको छ ।
उनलाई प्रहरीले निगरानीमा राखेको छ ।-चक्रपथ
